‘दरम खोला हाइड्रो’को साढे ३९ करोडको आइपीओ आउँदै, धितोपत्र बोर्डसंग माग्यो अनुमति
काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३९ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३९ लाख ५० हजार कित्ता आइपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा निदेवन पेश गरेको हो । कम्पनीले भदौ ५ गते मंगलबार बोर्डमा निवेदन दिएको छ ।
कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा भने लक्ष्मी क्यापिटल मार्केटल रहेको छ । कम्पनीले बागलुङको गलकोट नगरपालिका–११ मा ९.६ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।













