सरकारको खराब नीतिका कारण यातायात व्यवसायी धरापमा छन्: महासचिव उप्रेती
काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) का महासचिब सुरेन्द्र कुमार उप्रेतीले सरकारले यातायात व्यवसायिलाई निरुत्साहित गर्न काम गरेको बताएका छन् ।
जाम नेपालको दोस्रो बाषिर्क साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । नाडाको पुरा ध्यान यातायात सुधार तिर भए पनि सरकारका केहि खराब नितिले यो क्षेत्र धरासायी भएको बताए ।
‘सरकारका केहि नितिले हाम्रो ब्यबसाय धरापमा पर्यो । सरकारले हाम्रो माग पुरा गर्नु को सट्टा निरुत्साहित गर्न मात्र काम गरेको छ’ उनले भने, ‘गाडिका शोरुम समेत बन्द गर्नु पर्ने अबस्था आएको छ’ ।
नेपाल उद्योग वाणिज्य महासंघको सहयोगको पनि उपक्षा गरेको उनको तर्क थियो । सरकारले हामिलाई निरुत्साहित गर्न काम गरि रहे आन्दोलन गर्नु पर्ने अबस्था सिर्जना हुने बताए ।













