हिमालयन बैंकको मोबाइल बैकिङ्ग एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा स्मार्टफोन जित्न सकिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिमालयन बैंकको मोबाइल बैकिङ्ग एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा स्मार्टफोन जित्न सकिने



काठमाडौं । हिमालयन बैंकले कनेक्ट आइपिएससंगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि “फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा” अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैकिङ्ग – एच एमबि एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

सो अफर भदौं १ गते देखि भदौ ३१ गतेसम्म लागु हुनेछ । मोबाइल बैकिङ्ग एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा लकी ड्र मार्फत् बिजेता छनोट गरिनेछ । उक्त बिजेताको घोषणा हिमालयन बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकहरुलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ । एच एमबिको फण्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विच÷कनेक्ट आइपिएसको च्यानल प्ल्याट्फर्म मार्फत हुने गरेको छ । उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन ।

आर्थिक वर्ष २०७९÷८० मा यस च्यानलमार्फत १ करोड ४७ लाख भन्दा बढी भुक्तानी भइसकेको छ । मोबाइल बंैकिङ्ग मार्फत प्रयोगकर्ताहरुले प्रति कारोबार प्रति दिन रु. दुई लाखको मात्र गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्