कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई २ थान एयर कन्डिन्सनर हस्तान्तरण « Arthapath.com
११ भाद्र २०८०, सोमबार

कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई २ थान एयर कन्डिन्सनर हस्तान्तरण



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बर्दघाट, नवलपरासी स्थित त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त दिव्य ज्योति बहुमुखी क्याम्पसलाई २ थान एयर कन्डिन्सनर हस्तान्तरण गरेको छ ।

बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त एयर कन्डिन्सनर सामुदाहिक विकास र शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुगोस् भन्दै हस्तान्तरण गरेको हो ।

आइतबार एक कार्यक्रमका बीच उक्त एयर कन्डिन्सनर बैंकका संचालक भिम प्रसाद तुलाचनले दिव्य ज्योती बहुमुखी क्याम्पसका अध्यक्ष पुन्य प्रसाद पौडेललाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख सागरमणी पाण्डे, बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रवन्धक खिमलाल भुषाल तथा अन्य कर्मचारीहरु र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जाहेर गरेको छ ।


प्रतिक्रिया दिनुहोस्