महालक्ष्मीको ‘महालक्ष्मी डिबेन्चर–२०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

महालक्ष्मीको ‘महालक्ष्मी डिबेन्चर–२०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक कम्पनीको ऋणपत्र सूचीकृत भएको छ । बुधबार महालक्ष्मी विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

महालक्ष्मीको ‘महालक्ष्मी डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो । महालक्ष्मी विकास बैंकको कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् ।

ऋणपत्र आइतवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछन् ।


प्रतिक्रिया दिनुहोस्