बजार झिनो अकंले घट्यो, ११ उपसूचक राताम्य, कारोबार कति ?

काठमाडौं । हिजो सामान्य अकंले घटेको बजार आज पनि सोहि निरन्तरता पाएको छ । बजार केहि साता यता निरन्तर ओरालो यात्रा तय गरेको देखिन्छ ।
बजार ओरालो लाग्दा कम्पनीको सेयर मुल्य पनि सस्तो बन्दै आइरहेको छ । पछिल्लो केहि दिन यता कारोबार रकम समेत खुम्चिदैं गएको छ । अब लाभांश सिजन सुरु हुदैंछ । लाभांश सिजन मै बजारमा आएको निराशाले लगानीकर्ताको अर्बौ रकम गुमि सकेको छ ।
बजार आज २.८२ अकंले घटेकोछ । नेप्से राताम्य हुदाँ परिसूचक १९९०.५९ बिन्दुमा बन्द भएको छ । आज ३८ लाख ३ हजार २४४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ ।
बुधबार ११ उपसूचक राताम्य भएको छ । आज होटल तथा पर्यटन समूहको १.३० प्रतिशत र ब्यापार समूहको १.३० प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज माछापुच्छ«े बैंकको १० करोड ९१ हजार रुपैयाँ र आइएमई लाइफको ३ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।
