यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी « Arthapath.com
५ असार २०८२, बिहीबार

यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी



काठमाडौं । बजार आज सामान्य अंकले घटेको छ । बजार ओरालो लाग्दा कम्पनीको सेयर मूल्य सस्तो बन्दै आएको छ ।

बजार आज २.८२ अकंले घटेकोछ । नेप्से राताम्य हुदाँ परिसूचक १९९०.५९ बिन्दुमा बन्द भएको छ । आज ३८ लाख ३ हजार २४४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ ।

आज सिटि होटलको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, सानिमा डिबेञ्चर २०८७ को ५.७२ प्रतिशत, माया खोला हाइड्रोपावरको ४.२३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सिद्धार्थ इक्वाटी फण्डको ७.९४ प्रतिशत, मिथिला लघुवित्तको ६.०२ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्