ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको सेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।
सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा आवेदन दिन सकिनेछ ।
तोकिएको समयसम्म विद्यमान संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभए अन्य व्यक्ति, संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाए













