गरिमा विकास बैंकले ३ लाख ८२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ लाख ८२ हजार ८९२.७७ कित्तासेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन दिन सकिनेछ ।












