सन नेपाल लाइफको आइपीओ पर्यो कि ? यी चार तरिकाबाट हेर्नुहोस् नतिजा
काठमाडौं । सन नेपाल लाइफले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओ बाँडफाँट भएको छ ।
आइपीओमा ८ लाख ९ हजार ७४४ जनाको हात रित्तो भएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १५ लाख ७७ हजार ७४४ जनाले १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका हुन् । जस मध्ये ६ हजार ८ सय १ जनाको आवेदन रद्द भएको छ ।
माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको छ । जसमा ७ लाख ६८ हजारले १०।१० कित्ताका दरले सेयर हात पारेका छन् ।
कम्पनीको आइपीओ यी चार तरिकाबाट हेर्ने सकिनेछ
सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: nsmbl.com.np
मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login
कम्पनीको बेवसाइट: sunlife.com.np













