तातोपानी नाका आजदेखि खुल्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

तातोपानी नाका आजदेखि खुल्ने



काठमाडौं । उत्तरी सीमानाको तातोपानी आजदेखि खुल्ने भएको छ । चीनसँगको उत्तरी सीमानाका तातोपानी स्थानीयको आवतजावतका लागि आजदेखि खुल्ने भएको हो ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको हो । विसं २०७२ को महाभूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

कोभिड–१९ पछि नाका खुल्ने र बन्द हुने पटक–पटक भएपनि यात्रु आवतजावतका लागि नाका सञ्चालनमा आएको थिएन ।


प्रतिक्रिया दिनुहोस्