को हुन् एकै चोटी कुमारी बैंकको ३ लाख ७९ हजार कित्ता सेयर बिक्री गर्ने संस्थापकहरु ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ लाख ७९ हजार ७९५ कित्ता सेयर बिक्री गर्ने लागेको हो ।
कम्पनीका संस्थापक सेयरधनी बिनु श्रेष्ठले २ लाख ८७ हजार १२ कित्ता र सुरज अधिकारीले ९२ हजार ७८३ कित्ता सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ १७ गते) ले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमार क्यापिटल नक्साल नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।













