प्रेस चौतारी बागमती पत्रकारिता पुरस्कार दोलखाकी विनिता र मकवानपुरकी सरितालाई - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रेस चौतारी बागमती पत्रकारिता पुरस्कार दोलखाकी विनिता र मकवानपुरकी सरितालाई



काठमाडौं । यस वर्षको प्रेस चौतारी बागमती पत्रकारिता पुरस्कार दोलखाकी विनिता शिवाकोटी र मकवानपुरकी सरिता दाहाललाई प्रदान गरिने भएको छ । उनीहरु दुवै प्रेस चौतारी समर्थित सक्रिय पत्रकार हुन् । आज प्रेस चौतारी बागमती प्रदेश समितिको कार्यालय उद्घाटनका अवसरमा पुरस्कार घोषणा गरिएको हो ।

प्रेस चौतारी बागमती प्रदेश समितिको कार्यालय उद्घाटन गर्दै चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकार महासंघको शुद्दीकरणका नाममा चौतारी समर्थित पत्रकारलाई छानी छानी हटाउने षड्यन्त्र भइरहेको बताए । चौतारीलाई पाखा लगाउन अनेक प्रपञ्च गरिएको कुरा बाहिर आइसकेकाले अब चौतारी आन्दोलनमा जाने तयारी गरिरहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका सचिव तथा बागमती प्रदेश इन्चार्ज विष्णु तारुेकले कार्यलय स्थापनाले आसन्न पत्रकार महासंघको निर्वाचन परिचालनमा सहजता पुग्ने बताए । प्रेस चौतारी बागमती प्रदेशका अध्यक्ष शरद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश कमिटीले प्रकाशन गरेको सम्पर्क डायरी समेत सार्वजनिक गरिएको छ । चौतारीका केन्द्रीय पदाधिकारी, प्रदेश पदाधिकारी, विभिन्न जिल्ला अध्यक्षहरु र पदाधिकारी सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा यस वर्ष बागमती प्रदेशका १० जिल्लाहरु मध्ये कार्यक्रमका हिसाबले उत्कृष्ट जिल्लाका रुपमा रामेछाप जिल्ला शाखालाई घोषणा गरिएको छ । काठमाण्डौंको कमलादीमा सम्पन्न गरिएको कार्यालय उद्घाटनसँगै अब प्रदेशका गतिविधिहरु नियमित रुपमा यहीँबाट सञ्चालन गरिने र अझै रचनात्मक कार्यक्रमहरु ल्याइने अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा बागमती प्रदेशले स्थापना गरेका पत्रकार कल्याणकारी अक्षयकोष र पुरस्कार कोषको बारेमा पनि जानकारी गराइएका


प्रतिक्रिया दिनुहोस्