सेयर बजारमा उच्च गिरावट, दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट

काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । साताको पहिलो कारोबार दिन बजार २९.८१ अंकले घटेको छ। आइतबार बजार परिसूचक २ हजार बिन्दु तल नै छ । सो दिन परिसूचक १९६०.७८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
पछिल्ल्ला केही दिन सेयर निरन्तर घटीरहेको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा केही बढोत्तरी देखिएको छ। आज १ अर्ब १८ करोड ६६ लाख १८ हजार रुपैयाँ बराबरको ४० लाख ५३ हजार ३६८ कित्ता सेयर किनबेच भएको छ ।

आज सर्वाधिक कारोबार हुनेमा सोल्टी होटेल, आइएमई लाइफ, सिटी होटेल, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक लगायतका कम्पनीहरु रहेका छन् ।

आज थ्रि स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २३ रुपैयाँ १० पैसाले बढेको हो ।

आज लिवर्टी इनर्जी र सिटी होटेलको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । ग्रीन भेन्चर, कुथेली बुखरी, सामलिङ पावर लगायतका लगानीकर्ताले आज उच्च दरमा गुमाएका छन् ।
