अब डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताले सेयरमा आवेदन दिन नपाउने
काठमाडौं । डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताले आइपीओ, हकप्रद शेयरमा आवेदन दिन नपाउने भएका छन् ।
सीडीएससीले डिम्याट खाता नवीकरण नगरेको खण्डमा आईपीओ, हकप्रद सेयरमा आवेदन दिन नपाउने, क्लोज आउटमा पर्ने बताएको हो।सीडीएससीले लामो समयदेखि लगानीकर्तालाई भदौ १५ गतेसम्म अनिवार्य रुपमा डिम्याट खाता नवीकरण गर्न भनेको थियो ।
अब उक्त अवधिमा नवीकरण नगरेका लगानीकर्ताले शेयरमा आवेदन नदिन नपाउने भएका छन् । शेयरमा आवेदन दिनका लागि डिम्याट खाता नवीकरण गर्नुपर्ने छ ।













