कोरोनाकालका विमितलाई तत्काल रकम उपलब्ध गराउन सभामुखले सरकारलाई रुलिङ गर्नुपर्छः महेश बर्तौला
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले कोरोनाकालका विमितहरुको रकम तत्काल उपलब्ध गराउनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । करिव ११ अर्ब रकम उपलब्ध गराउन चासो नदिएको उल्लेख गर्दै उनले सो सम्बन्धमा सरकारलाई रुलिङ गर्न सभामुख घिमिरेसँग माग गरेका हुन् ।
“विगत ४ वर्षदेखि यो देशका एक लाख ५० हजार भन्दा बढि नागरिकहरुले कोरोनाको विमा गरे। त्यसबापतको ११ अर्व रकम आजसम्म प्राप्त गर्न सकेको छैन । सरकारलाई त्यसको कुनै चासो छैन, सरोकार छैन । कुम्भकर्ण निन्द्रामा पर्यो” उनले भने ।












