१०१ रुपैयाँ मै कुमारी बैंकको सेयर सर्वसाधारणले किन्ने मौका
काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७ लाख ५१ हजार ६९९ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
उक्त सेयरमा संस्थापक सेयरधनी वा अन्य जो कोहि व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवश्यक काजगात संकलन गरी बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँ वा सो भन्दा बढी मूल्य गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।













