नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर खुकुरी प्रहार भएको हो ।
कार्यक्रम सकेर बाहिर निस्किनेक्रममा पछाडिबाट टाउकोमा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको जनाएको छ ।
खुकुरी प्रहार गरेको आरोपमा श्यामबाबु सापकोटा प्रक्राउ गरेका छन् ।













