भोलि प्राइम कमर्सियल बैंकको बैंकिङ्ग कारोबार अवरुद्ध हुने, यस्तो छ कारण
काठमाडौं । प्राइम कमर्सियल बैंकको बैंकिङ्ग कारोबार अवरुद्ध हुने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई घण्टाका लागि कारोबार अवरुद्ध हुने जनाएको हो ।
कम्पनीले भदौ २२ गते शुक्रबार राति १० बजेदेखि १२ बजेसम्म बैंकको कोर बैंकिङ्ग सिस्टम अद्यावधिक हुने भएकोले बैंकको एटिएम, मोबाइल बैंकिङ्ग लगायतका सम्पूर्ण सेवा अवरुद्ध हुने जनाएको हो ।












