बजार सुस्त बन्दा लगानीकर्ता अन्यौलमा, सस्तिदैं सेयर मूल्य

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार राताम्य भएको छ । मंगलबा सामान्य घटेको बजार आज फेरी भारि गिरावट आएको हो ।
केहि दिन यता बजार निकै सुस्त बनिरहेको छ । लाभांशको सिजनमा बजार सुस्त हुँदा लगानीकर्तमा थप अन्योलता उत्पन्न भएको छ । अहिले साना र ठूला सबैथरिका लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा देखिएका छन् ।
बैंकहरुले सेयर कर्जा दिए पनि औसतमा हेर्दा ब्याजदर महँगो देखिन्छ । ब्याजदर महँगो हुँदासम्म कर्जा लिएर सेयर खरिद गर्नेहरु उत्साहित हुन सक्दैनन् । परिसूचक समेत निरन्तर खुम्चिदैं गएको अवस्था छ ।
बजार २८.९२ अकंले घटेर १९३२.४५ बिन्दुमा बन्द भएको छ । ३७ लाख ६९ हजार ३३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १५ करोड ९ लाख २० हजार रुपैयाँको कारोबार भएको छ ।
बजार ओरालो लाग्दा आज १३ वटै उपसूचक राताम्य भएका छन् । बिहिबार बैंकिङ समूहको १.०७ प्रतिशत, विकास बैंक समूहको १.१९ प्रतिशत, फाइनान्स समूहको १.१६ प्रतिशत लगायत १३ वटै उपसूचक राताम्य भएका छन् ।

बिहिबार लिबेट्री इनर्जीको ६ करोड १५ लाख रुपैयाँ र सोल्टी होटलको ४ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।
