काठमाडौं महानगरमा भोलि शोक बिदा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

काठमाडौं महानगरमा भोलि शोक बिदा



काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ । वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शोक बिदा दिइएको हो ।

काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो । भाइरल निमोनियाको संक्रमणमा रहेका रिजाल १७ भदौमा दुवै फोक्सोमा सिभियर निमोनिया भई सघन उपचार कक्षमा उनलाई भर्ना भएका थिए ।

रिजालको शव आजै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिंदैछ ।


प्रतिक्रिया दिनुहोस्