नक्कली नेपाली नोटसहित गोरखाका गौरव थापा पक्राउ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नक्कली नेपाली नोटसहित गोरखाका गौरव थापा पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका १५ स्वयम्भूबाट १ हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाईलसहित गोरखा नगरपालिका ४ धारापानी घर भई काठमाडौं नागार्जुन नगरपालिका ८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोवार भइरहेको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्