सेयर बजार १.५१ अंकले वृद्धि, ९५ करोडको मात्रै कारोबार

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १.५१ अंकले वृद्धि भएर १४२५.३२ अंकमा बन्द भएको छ । बुधबार १८८ कम्पनीको ३० लाख ३२ हजार ३११ कित्ता सेयर किनबेच हुँदा ९५ करोड १९ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार युनाइटेड इन्स्यारेन्रेन्सको सेयर सर्वाधिक ६ करोड २० लाख ७३ हजारको कारोबार भएको छ । यस्तै, नेपाल पुनर्बिमा कम्पनीको ६ करोड ३ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।