आज सुन किन्नेलाई फाइदा, तोलामा चार सय रुपैयाँले घट्यो, चाँदी कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन शुक्रबारको तुलनामा चार सय रुपैयाँले ओरालो लागेको छ ।
आइतबार छापावाला सुनको मूल्य एक लाख ११ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदी समेत घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।