त्रिभुवन बिमानस्थलका भन्सार कर्मचारीद्धारा ‘पेन डाउन’ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

त्रिभुवन बिमानस्थलका भन्सार कर्मचारीद्धारा ‘पेन डाउन’



काठमाडौं सिनामंगलस्थित त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको काम आजबाट ठप्प हुने भएको छ । भन्सारमा कार्यरत कर्मचारीले सामूहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनुवाईनभए पछि आजबाट भन्सारको काम ठप्प पार्न लागेका हुन ।​

सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँच पास शाखामार्फत हुने निकासी, पैठारी संबन्धी सम्पूर्ण कार्य बन्द गर्ने भएका हुन् । आज पनि माग सम्बोधन नभए मंगलबार कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा गरिएको छ ।

आइतबार तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध सुरु गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्