एलआइसी नेपालले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एलआइसी नेपालले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीको भदौ २३ गते बसेको संचालक समिति बैठकले सो निर्णय गरेको हो । साथै, बैठकले आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहलगायत विवरणहरु माथि छलफल गरी स्वीकृतिको लागि नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्