हिमालयन ८०–२० को इकाई बाँडफाँट - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिमालयन ८०–२० को इकाई बाँडफाँट



काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको ‘हिमालयन ८०–२०’ को इकाई बाँडफाँट भएको छ । योजना व्यवस्थापकको जिम्मेवारी पाएको क्यापिटलले साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म ८ करोड ५० लाख इकाई विक्री गरेको थियो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई भदौ २६ गते इकाई बाँडफाँट गरेको हो । योजना सञ्चालनका लागि विक्री गरिएको कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।

यो योजना १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको रहेको छ ।


प्रतिक्रिया दिनुहोस्