मकवानपुरमा १० प्रहरीसहित ३७ जनामा कोरोना - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मकवानपुरमा १० प्रहरीसहित ३७ जनामा कोरोना



हेटौंडा । आज मकवानपुरमा १० प्रहरीसहित थप ३७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

उनीहरुको सोमबार र मंगलबार स्वाव संकलन गरी परीषण गरीएको थियो ।

१८ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । भने हेटौंडा उपमहानगरपालिका वडा नं ९ का ७ जना, वडा नं ५ का ४ जना, वडा नं ४ का ४ रहेका छन ।

यसैगरी हेटौंडा उपमहानगरपालिकाका २, १० र १३ नम्बर वडामा १–१ जना संक्रमित फेला भेटिएका हुन

त्यस्तै भिमफेदी गाउँपालिकाका ३, थाहा नगरपालिकाका २, बकैया गाउँपालिकाका २ तथा चितवन र काठमाडौंका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ । नेपाल प्रहरीका १० जनामा पनि संकमण देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्