निजी क्षेत्रको मनोबल बढाउने नीति अवलम्बन नगरे देश थप मन्दीमा फस्छ: सिएनआइ अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसघ नेपाल (सिएनआइ) अध्यक्ष राजेश कुमार अग्रवालले सरकारले निजि क्षेत्रको मनोबल नबढाए देशमा थप मन्दी तर्फ जाने बताए । शुक्रबार संघले आयोजना गरेको एक समारोहमा उनले यस्तो बताएका हुन ।
आर्थिक मन्दीको सुधार नभईसकेकाले सरकारले निजि क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको उनकोभनाइ छ। उनले भने , “देश अर्थतन्त्रमा सुधार आइसकेको छैन। अझै पनि सरकारले निजि क्षेत्रको मनोबल बढाउने गरि निति अवलम्बन नगरे थप मन्दीमा फस्ने देखिन्छ ।”
उनले मुलुकको आर्थिक विकासमा निजीक्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । “देशको पूजी निर्माणमा निजीक्षेत्रको करिब ७७ प्रतिशत योगदान रहेको छ। नेपाल सरकारले पनि निजीक्षेत्रको योगदानलाई महसुस गरी हाल नीति तथा कानून निर्माणमा निजीक्षेत्रलाई समेत सामेल गराउनु स्वागतयोग्य छु” अध्यक्ष अग्रवालले भने ।













