११ श्रावण २०८३, सोमबार

विश्वस्तरिय अपग्रेड पश्चात् एलजी फ्ल्यागसिप शोरुम पुनः शुभारम्भ



काठमाडौं । चौधरी ग्रु अन्तर्गत मिनभवनमा रहेको एलजी ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेड पश्चात् पुनः शुभारम्भ भएको छ ।

नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एलजी ब्राण्डका घरायसी बिद्युतिय सामाग्रीहरु एलईडी टिभी, धुने मेसिन, फ्रिज, डिशवाशर, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर लगायत अरु थुप्रै सामाग्रीहरु उपलब्ध रहेका छन् ।

राजधानीको मुख्य व्यापारिक केन्द्र मिनभवनको गोरखा कम्प्लेक्समा अवस्थित यस शोरुम २००५ मा स्थापित एलजी ब्राण्डको पहिलो शोरुम हो । ग्राहकवर्गहरुले दक्ष र अनुभवी ग्राहक प्रतिनिधीहरुबाट यहाँ भएका बिद्युतिय सामाग्रीहरुबारे जानकारी पनि लिन सक्नेछन् ।

यो शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ७.३० बजेसम्म खुल्ला रहने जनाएको छ । शोरुममा रिओपनिङ्गको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, ० प्रतिशत किस्ताबन्दी र Exchange Offer को पनि सुविधा रहेको छ । साथै roduct Live Demo, Cooking Class र Preventive Maintenance Service (PMS) को पनि व्यवस्था गरिएको छ ।