दुई फण्डको लाभांश तपाईको खातामा आयो ? छैन भने यसो गर्नुहोस्
काठमाडौं । कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले नगद लाभांश बैंक खातामा जम्मा गरेका छन् । दुवै फण्डले डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको प्रतिफल खातामा पठाएका हुन् ।
डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेका छन् । आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुनेछ ।
कुमारी इक्विटी फण्डले करसहित १० प्रतिशत र इक्विटी फन्डले करसहित ६ प्रतिशतका दरले नगद लाभांश वितरण गरेका हुन् ।













