प्रतिकित्ता ३३५ रुपैयाँ मै नेपाल पुनर्बीमा कम्पनीको सेयर किन्ने मौका « Arthapath.com
८ आश्विन २०८०, सोमबार

प्रतिकित्ता ३३५ रुपैयाँ मै नेपाल पुनर्बीमा कम्पनीको सेयर किन्ने मौका



काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १० लाख कित्ता सेयर लिलामीमा ल्याएको हो ।

उक्त सेयरका लागि न्यूनतम मूल्य ३३५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्ने चाहने संस्थापक सेयरधनीहरुले मात्र आवश्यक कागजात संकलन गरी असोज १४ गतेसम्म बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्