११ श्रावण २०८३, सोमबार

राष्ट्रिय वाणिज्य बैंकका पूर्व डेपुटी सीइओ अधिकारी बने सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका डेपुटी सीइओ कविराज अधिकारी सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा नियुक्ति भएका छन् ।

कोषको सोमबार बसेको संचालक समितिले आगामी चार वर्षका लागि कार्यकारी निर्देशकमा अधिकारीलाई नियुक्ति गरेको हो ।

अधिकारीले राष्ट्रिय बाणिज्य बैंकमा डेपुटी सीइओको रुपमा कार्यरत थिए । उनले केही महिनाअघि मात्रै बैंकबाट अवकाश पाएको थिए ।