फर्निचर व्यवसाय प्रवर्द्धनका लागि कानुनै संशोधन गर्न पनि तयार छौं: उद्योग मन्त्री रिजाल

काठमाडौं । उधोग वाणिज्य तथा आपूर्ति मन्त्रि रमेश रिजालले फर्निचर व्यवसायले राजश्वमा ठुलो भुमिका खेलेको बताए ।
बुधवारदेखि सुरु भएको नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) द्वारा आयोजित फर्नेक्स नेपाल २०२३ मा बोल्दै यस्तो बताएका हुन् ।
पछिल्लो समय स्वदेशी उत्पादन पनि बढ्न थालेको उनले बताए । उनले भने,–‘फर्निचरले राजस्वमा ठूलो भुमिका खेलेको छ ।– विगतको तुलनामा स्वदेशमा उत्पादन हुन थालेको छन् ।’
कच्चा पदार्थको प्रयोगका लागि सरकार तत्पर रहेको मन्त्री रिजालले बताए । उनले भने,–‘– वनपैदारबाट हुने कच्चा पदार्थको प्रयोग गर्नु छ, कच्चा पदार्थ प्रयोगको लागि सरकार तत्पर छ।’
फर्निचर व्यवसायको प्रवद्र्धनमा कानुन संसोधन गर्न पनि तयार मन्त्री रिजालको भनाई छ । उनले भने,–‘कानुन संसोधन गरेर पनि फर्निचर व्यवसाय प्रवद्र्धनमा साथ हुन्छ । व्यवसायीलाई सहयोग र अर्थतन्त्र चलायमान विश्वास ।’