११ श्रावण २०८३, सोमबार

नबिल ब्यालेन्स्ड फण्ड–२ ले गर्यो लाभांश घोषणा



काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘नबिल ब्यालेन्स्ड फण्ड–२’ लाभांश घोषणा गरेको छ । फण्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो ।

क्यापिटलको असोज ११ गते बसेको सञ्चालक समिति बैठकले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट करसहित ९.६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यस क्यापिटलले लाभांश प्रयोजनका लागि असोज २६ गते बुक क्लोज गर्ने भएको छ ।