सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अर्थात असोज १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज १५ गते बुक क्लोज गर्ने भएको हुदाँ असोज १४ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
कम्पनीले ५.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारितका लागि कम्पनीले वार्षिक साधारण सभा असोज २६ गतेका लागि बोलाएको छ । असोज ४ गते बसेको संचालक समितिको बैठकले अमृतभोग, कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो ।
साथै सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरि पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्ने एजेण्डा सभाको कार्य सूचीमा समावेश भएको छ ।













