एक फण्डको ६.८ प्रतिशत लाभांश इकाईधनीको खातामा जम्मा
काठमाडौँ । एनआइबीएल प्रगति फण्डले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले असोज १२ गतेदेखि आफ्ना इकाईधनीहरुको खातामा नगद लाभांश वितरण सुरु गरेको हो ।
डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुलाई नगद जम्मा गरेको जनाएको छ । फण्डले आर्थिक वर्ष २०७९।०८० को नाफाबाट ६.८ प्रतिशत नगद लाभांश खातामा जम्मा गरेको हो ।












