छुट्नु होला है ? एनआइसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि
काठमाडौं । एनआइसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात असोज १५ गते अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ असोज १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्ष २०७९।८०का लागि प्रस्तावित चुक्तापुँजीको २९ प्रतिशतले हुन आउने ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशतले हुन आउने १७ करोड ६५ लाख ३ हजार २४० रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले असोज २८ गते वार्षिक साधारण सभा बोलाएको छ।
सभा सो दिन बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवदेन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ ।













