१ करोड बढी हिनामिना गरेको आरोपमा असई पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई नियन्त्रणमा लिएको छ ।
उनले पेट्रोल पम्पमा कार्यरत रहँदा १ करोड ८ लाख ९९ हजार १ सय ८४ रुपैयाँ हिनामिना गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
कार्कीले आर्थिक वर्ष २०७४÷०७५ र ०७५÷०७६ मा उक्त रुपैयाँ हिनामिना गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।