११ श्रावण २०८३, सोमबार

सिटिजन र रिलायबल नेपाल लाइफको सेयरमा झुम्मिए लगानीकर्ता, मूल्य कति ?



काठमाडौं । बजार आज एकल अकंले सुधार आएको छ । बजार सुधार आएसँग लगानीकर्तामा खुसी छाएको छ ।

बजार बढे पनि कारोबारमा भने खासै सुधार आएको छैन । आज सिटिजन लाइफ र रिलायबल नेपाल लाइफको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

बुधबार सिटिजन लाइफको १ लाख ५४ हजार ८४० कित्ता सेयर किनबेच हुंदा ६ करोड ९३ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ रुपैयाँ ७० पैसाले बढेर ४४७ रुपैयाँ ७० पैसा पुगेको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफको ९२ हजार ७५१ कित्ता सेयर किनबेच हुंदा ४ करोड ३० लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर मुल्य २ रुपैयाँ ७० पैसाले बढेर ४६३ रुपैयाँ पुगेको छ ।