११ श्रावण २०८३, सोमबार

इमर्जिङ्ग नेपालको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेती नियुक्त



काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेतीलाई नियुक्त गरेको छ । कम्पनीको असोज १७ गते बसेको ७९औँ सञ्चालक समितिको बैठकले उप्रतीलाई सीइओ नियुक्त गरेको हो ।

उप्रेतीलाई असोज १८ देखि लागु हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो । उप्रेती यस अघि एनआईसी एशिया बैंक लिमिटेडको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवको रुपमा कार्यरत थिए । उप्रेतीले भारतको Institute of Chartered Accountants of India बाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित यस कम्पनीले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत विशाल उप्रेतीको नेतृत्वमा थप उचाई लिने विश्वास कम्पनीले लिएको छ ।