२१ श्रावण २०८३, बिहिबार

१२ करोडको सीमा बढाए पनि लगानीकर्ता खुसी छैनन्, नियामक सक्रिय भए बजार बढ्छ: पोखरेल



काठमाडौं । नेपाल पुँजी बजार लगानीकर्ता सँघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले बढाएको सेयर धितो कर्जाको सीमा बढाए पनि लगानीकर्ता उत्साह नबढेको बताइ्न ।

धितोपत्र ब्रोकर एशोशिएशन नेपालद्धारा विश्व लगानी सप्ताह २०२३ सन्दर्भमा आयोजित हाल पूँजी बजारमा देखिएका समस्या तथा समाधान विषयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

‘राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा १२ बाट बढाएर १५ करोड रुपैयाँ पुर्‍याएको छ । व्यक्तिगत १५ करोड र संस्थागततर्फ २० करोड रुपैयाँ बनाएको छ । १२ करोडको सीमा बढाए पनि सेयर लगानीकर्ताहरु उत्साह बढेको छैन’–उनले भनिन् ।

यद्यपि, बजार बढाउनलाई नियामक निकाय सक्रिय हुनुपर्ने उनको तर्क छ । उनले नियामक निकाय नेपाल धितोपत्र बोर्ड मुखदर्शक भएको दावी गरिन् । ‘धितोपत्र बोर्ड मुख दर्शक भएको छ । नियामक निकाय सक्रिय भएमा बजार बढ्छ । लगानीकर्तामा गुमेको मनोबल पनि बढ्छ ।’