अब घरजग्गा कारोबार गर्न अनिवार्य लाइसेन्स लिनुपर्ने, नत्र २५ लाख जरिवाना र ६ महिना कैद - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अब घरजग्गा कारोबार गर्न अनिवार्य लाइसेन्स लिनुपर्ने, नत्र २५ लाख जरिवाना र ६ महिना कैद



काठमाडौं । घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स अनिवार्य गरिएको छ । मालपोत ऐन २०३४ संशोधनमार्फत यस्तो व्यवस्था गर्न लागिएको हो ।

उक्त व्यवस्थासहित केही नेपाल ऐन संशोधन विधेयकलाई संसदको कानून, न्याय तथा मानव अधिकार समितिले परिमार्जन सहित पारित गरेको छ ।

योसंगै अब घरजग्गा कारोबारका लागि लाइसेन्स अनिवार्य चाहिने छ । तर, लाइसेन्स नलिइ घर जग्गा कारोबार गरेमा भने काराबाही हुने भएको छ । कारोबारी दिएको निवेदनका आधारमा लाइसेन्स पाउनेछन् । यसको अवधिम भने ५ वर्षको हुने छ ।

यसअघि घरजग्गा व्यवसाय र कारोबारका लागि कुनै अनुमतिपत्रको व्यवस्था थिएन् । लाइसेन्स नलिइ घरजग्गाको कारोबार गरे कारबाही हुनेछ ।

अब लाइसेन्स नलिई कारोबार गर्नेले २५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने छ । यसका साथै ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । तर, यसअघि भने १० लाख रुपैयाँम्म जरिवानाको प्रस्ताव गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्