शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
१३ असार २०८२, शुक्रबार

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको असोज २३ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद गरि कुल ११.०५ प्रतिशत लाभांश दिने निर्णय गरेकोछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्