हालसम्म कति बाँड्यो त सिद्धार्थ बैंकले सेयरधनीलाई लाभांश ? यस्तो देखियो १३ वर्षे इतिहाँस

काठमाडौँ । लाभांश सिजन चलि रहेको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना सेयरधनीहरुलाई लाभांश खुवाइ रहेका छन् । बैंकहरूले गत आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट लाभांश खुवाइ रहेका हुन् । बिहिबार एक वाणिज्य बैंकले लाभांश घोषणा गरेको छ ।
सिद्धार्थ बैंक लिमिटेडले आज आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई कर प्रयोजनार्थ सहित ४.२१ प्रतिशत नगद लाभाश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।
अघिल्लो आर्थिक वर्ष २०७८।०७९ मा बैंकले १२.५ प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद लाभांश दिएको थियो । बैंकको १३ वर्षे इतिहाँस हेर्ने भने २ आर्थिक वर्षमा नगद लाभांश दिएको छैन भने २ आर्थिक वर्षमा बोनस सेयर दिएको छैन । बैंकले नगद लाभांश भन्दा बोनस सेयरमा जोड दिएको छ ।
१३ वर्षे यता बैंकले सबै भन्दा बढी लाभांश आर्थिक वर्ष २०७२।०७३ मा दिएको छ । बैंकले सो आर्थिक वर्षमा बोनस सेयरबाट सेयरधनीहरुलाई ३९ प्रतिशत दिएको हो ।
त्यस्तै, आर्थिक वर्ष २०७५।०७६ मा १० प्रतिशत बोनस र १५.२६ प्रतिशत नगद गरी कुुल २५.२६ प्रतिशत, आर्थिक वर्ष २०७०।०७१ मा १२ प्रतिशत बोनस र ११.१६ प्रतिशत नगद गरी कुल २३.१६ प्रतिशत लाभांश दिएको छ ।
बैङ्कले कुन वर्ष कति बाँड्यो त लाभांश ?
