११ श्रावण २०८३, सोमबार

एनआइसी एशिया बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

एनआइसी एशिया बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित



कामठाडौँ । एनआइसी एशिया बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश समेत गरी कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

साथै, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६३१ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।