कोरोना संक्रमित बढेपछि उच्च अदालत पाटनको सेवामा कटौति
काठमाडौं । उच्च अदालत पाटनले आफ्नो सेवामा कटौति गरेको छ ।
सर्वोच्च अदालतले शुक्रबारदेखि अत्यावश्यक सेवा मात्र उपलब्ध गराए जस्तै पाटन उच्च अदालतले पनि सेवामा संकुचन ल्याएको हो । भदौ १५ गतेसम्मका लागि सोमबारदेखि निश्चित सेवा मात्र प्रदान प्रवक्ता शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार बन्दी प्रत्यक्षीकरणका निवेदन, थुनछेक आदेश उपरको पुनरावेदन, बैंकिङ कसुर र राजश्व चुहावट सम्बन्धी मुद्दाको अभियोग दर्ता, बयान, बकपत्र जस्ता काम मात्र हुनेछन् ।













