भवानी कालिका मन्दिरमा डम्बर विष्टले गरे विद्युत जडान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी डोटीका क्षेत्रिय समिति सदस्य डम्बर विष्टले ब्यक्तिगत लगानीमा भवानी कालिका मन्दिरमा विद्युत जडान गरेका छन् । डोटी जिल्ला शिखर नगरपालिका वडा न. ११ तल्लीसातमा रहेको मन्दिरमा विद्युत जडान गरेका हुन् ।
आइतबार (कात्तिक ५ गते) महाअष्ठमी पर्वको अवसरमा विष्टले भवानी कालिका मन्दिरमा बिजुली बाल्ने कामको उद्धाटन गरेका हुन् । पछिल्लो समय सर्वसाधारणको सेवामा जुटेका विष्टले विद्युत जडान गरी बाल्न पाउदा आफुलाई खुसि लागेको बताए । उनले भने, ‘राम्रो कामको सुरुवात आफैबाट गर्नु पर्छ आफुले सक्ने जुनसुकै किसिमको सहयोगमा सबै सक्रिय हुन सके समृद्धि धेरै टाढा छैन ।’
उक्त मन्दिरमा लाइट नहुँदा पुजा गर्ने आउने तथा सो बाटो भई हिटडुल गर्ने सर्वसाधारणलाई समस्या भइरहेको थियो । विद्युत जडान गरी सर्वसाधारणलाई सहजता प्रदान गरेकोमा उनलाई सबैले आभार ब्यक्त गरेका थिए ।













