नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।
बिहान ९ बजेबाट सुरु हुने भनिएको बैठक करिब एक घण्टा ढिला गरी सुरु भएको छ ।
आजको बैठकले नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने भएको छ ।