निफ्राको खुद नाफा बढ्यो: अधिकांश सूचकहरु सकारात्मक, कस्तो रह्यो पहिलो त्रैमास ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

निफ्राको खुद नाफा बढ्यो: अधिकांश सूचकहरु सकारात्मक, कस्तो रह्यो पहिलो त्रैमास ?



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ४१ करोड बढी खुद नाफा कमाएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

बैंकले चालु आवको तीन महिनामा ४१ करोड ३८ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको असोज मसान्तसम्मको तुलनामा भने ९.३० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा बढेको छ, जसले गर्दा नाफा बढ्न पुगेको हो । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६.९९ प्रतिशतले वृद्धि भई ७० करोड १५ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यस्तै, संचालन नाफा पनि ९.२८ प्रतिशतले बढेर ५९ करोड ११ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।

सो अवधिमा बैंकको वितरणयोग्य नाफा २१ करोड २४ लाख रुपैयाँ देखिएको छ । बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा तथा कोषमा भने २ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ राखेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य वृद्धि भई ७ रुपैयाँ ६६ पैसा कायम भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ भने ११२ रुपैइाँ ०२ पैसा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्